Wednesday, March 1, 2017

नयाँ कार किन्दै हुनुहुन्छ? नाडाले सार्वजनिक गर्यो यस्तो मूल्य

काठमाडौं। बैंकको क्रेडिट क्रन्च र राष्ट्र बैंकले सवारी साधनको कर्जामा ५० प्रतिशत सीमा तोकेपछि गाडीको व्यापारमा मन्दी छाएको छ।‘प्यासेन्जर भेहिकल’को बिक्रीमा प्रत्यक्ष प्रभाव परेको छ।



गाडी व्यापार बढाउन नेपालका अधिकृत बिक्रेताले न्यूनतम २० हजारदेखि अधिकतम चार लाख रुपैयाँसम्म छुट दिएका छन्।ग्राहकले बुकिङ गरेका गाडी समेत बैंकले कर्जा नदिएकोले समस्या परेको मारुती सुजुकीको डिलर नारायणी अटो विजनेसका प्रवन्ध निर्देशक अनुपकुमार बरालले बताए।
 
उनका अनुसार  ग्राहकहरुका लागि  न्यूनतम २५ हाजरदेखि अधिकतम एकलाख ५० हजारसम्म छुट दिइएको छ।हुन्डाईको नेपालको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलका नायव महाप्रवन्धक रुपेश श्रेष्ठले गाडीको बिक्रीमा गिरावट आइसकेको बताए।

उनले तरलता अभावसँगै बैंकले ऋण नदिएकोले समस्या भएको बताउँदै अहिले महँगो ब्याज तिर्नुभन्दा ग्राहक ‘पर्ख र हेर’को अवस्थामा रहेको बताए।
 
नेपाल अटोमोवाइल डिलर्स एशोसिएसनले सोमबार सार्वजनिक गरेको अधिकतम मूल्यसूची निम्नानुसार-

हुन्डार्इ



मोडेलअधिकतम मूल्य
इओन डिलाईट१६,५६,०००
इओन म्याग्ना प्लस२२,९६,०००
आई १० म्याग्ना२२,९६,०००
ग्राण्ड आई १० आस्था ओ३०,५६,०००
इलाईट  आई २० म्याग्ना३०,९६,०००
आई २० एक्टिभ एस पेट्रोल३६,९६,०००
क्रेटा १.६ पेट्रोल४१,५६,०००
क्रेटा १.६ एसएक्स डिजेल६०,९६,०००
टुसान जिएलएक्स पेट्रोल८१,९६,०००
सान्टा फि जिएलएक्स डिजेल हाई ट्रिम१,२८,९६,०००

फोर्ड
मोडेलअधिकतम मूल्य
फिगो पेट्रोल२१,९९,०००
फिगो पेट्रोल टिटानियम प्लस३१,९९,०००
एस्पायर ट्रेन्ड२९,९०,०००
इकोस्पोर्ट पेट्रोल३१,९०,०००
इकोस्पोर्ट डिजेल टिटानियम प्लस४६,९०,०००
रेन्जर डिजेल६८,००,०००
इन्डओभर डिजेल१,१२,००,०००
इन्डओभर डिजेल टिटानियम एटी१,३४,००,०००

No comments:

Post a Comment